क्रिकेट

स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङ्‌ल्याण्ड सुपर आठमा

इकागज |
असार २, २०८१ आइतबार १०:३ बजे

काठमाडौँ- अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङ्‌ल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।

आइतबार बिहान खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।


स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउद्ददै १८० रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।

त्यस्तै समुह बी बाट इङ्‌ल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्द हुँदा ५ अंकसहित दोस्रो हुँदै सुपर आठमा पुगेको छ ।

त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समुह चरणबाट बाहिरिएको हो ।


Author

थप समाचार
x