क्रिकेट

टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

इकागज |
असार २, २०८१ आइतबार १२:५ बजे

फाइल फोटो

काठमाडौँ - नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुँदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।


नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर आठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समूह डी मा तेस्रो स्थानमा छ । 

यस समूहमा नेदरल्याण्ड्सपनि सुपर आठको दौडमा कायम रहेको छ ।  त्यस्तै भोलि बिहान हुने नेदरल्याण्ड्स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्स सुपर आठमा पुग्ने अवस्था छ । यस समूहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।
           


Author

थप समाचार
x