क्रिकेट

आइसिसी टी- २० विश्वकप : को-को पुगे सुपर ८ मा ?

इकागज |
असार ३, २०८१ सोमबार १०:२३ बजे

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा पुग्ने टीमको टुंगो लागेको छ । सोमबार बिहान बंगलादेशले नेपाललाई हराएसँगै सुपर ८ मा पुग्ने टीमको टुंगो लागेको हो ।

जसअनुसार भारत, अष्ट्रेलिया, अफगानिस्तान, अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज, दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन् ।


सुपर ८ चरणका खेलहरू जुन १९ देखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछ । सुपर ८ चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा परेका छन् भने अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका ग्रुप-२ मा परेका छन् । योसँगै हरेक समूहबाट शीर्ष स्थानमा रहेका दुई टीम सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ । 


Author

थप समाचार
x