क्रिकेट

टी-ट्वान्टी विश्वकपः अफगानिस्तानमाथि वेस्ट इन्डिजको शानदार जित

इकागज |
असार ४, २०८१ मंगलबार ११:२३ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानमाथि शानदार जित हात पारेको छ ।

समूह 'सी' अन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १ सय ४ रनले पराजित गरेको हो ।


यससँगै वेस्ट इन्डिजले चारवटै खेल जितेको सुपर ८ मा पुगेको छ भने अफगानिस्तानले तीन खेलमा जित हात पारेर अघिल्लो चरणको यात्रा तय गरेको हो ।

आजको खेलमा वेस्ट इन्डिजले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले १६ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १४ रनमात्र जोड्न सक्यो ।

अफगानिस्तानका लागि इब्राहिम जदरनले सर्वाधिक ३८ रन जोडे । वेस्ट इन्डिजका लागि ओबेड म्याककोयले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि निकोलास पुरनले सर्वाधिक ९८ रन तथा जोनसन चार्ल्सले ४३ रन बनाए ।

अफगानिस्तानका लागि गुलबदिन नइबले सर्वाधिक २ विकेट हात पारे ।

 


Author

थप समाचार
x