क्रिकेट

विश्वकपबाट बाहिरिएपछि न्यूजिल्यान्डका कप्तानको टी-२० भविष्य अनिश्चित

इकागज |
असार ४, २०८१ मंगलबार ११:५४ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्यान्डका कप्तान केन विलियम्सनको टी-ट्वान्टी अन्तर्राष्ट्रिय भविष्य अनिश्चित बनेको छ ।

विश्वकपका लागि समूह 'सी' मा परेको न्यूजिल्यान्डले ४ मध्ये २ खेलमा जित तथा २ खेलमा पराजयसँगै समूह चरणबाटै बाहिरिएपछि कप्तान विलियम्सनको टी-ट्वान्टी भविष्य अनिश्चित बनेको हो ।


न्यूजिल्यान्ड समूह चरणबाटै बाहिरिएपछि विलियम्सनले टिमका सदस्यबारे बिचार गर्नुपर्ने बताउँदै सन् २०२६ को विश्वकपका लागि आफू कटिबद्ध नभएको बताए ।

विलियम्सनले टिमको कप्तान परिवर्तन गर्नुपर्ने संकेत समेत गरेको आईएएनएसले जनाएको हो ।


Author

थप समाचार
x