क्रिकेट

टी-२० विश्वकपको सुपर आठ : आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

इकागज |
असार ५, २०८१ बुधबार ७:५४ बजे

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल सुरू हुँदैछन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।

एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि सुरू हुनेछ ।


यस विश्वकपको समुह चरणमा दक्षिण अफ्रिकाले समुह 'डी'का चारै खेलमा जित हासिल गरेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।

दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रिकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै अमेरिका भने यस विश्वकपको 'सरप्राइज' टिम बनेर अगाडि आएको छ । अमेरिकाले समुह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडि बढेको छ ।

त्यस्तै अमेरिकाले भारतसँगको खेल हारेको थियो । आयरल्याण्डविरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैनन् । पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सुपर आठको समुह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङ्‌ल्याण्डसँग एक एक खेल खेल्ने छन् ।


Author

थप समाचार
x