क्रिकेट

टी-२० वरीयताः दिपेन्द्र अलराउन्डरतर्फ छैटौं स्थानमा, अरुको अवस्था कस्तो ?

इकागज |
असार ५, २०८१ बुधबार १६:५४ बजे

फाइल फोटो

काठमाडौँ- दिपेन्द्र सिंह ऐरीको आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ ।

टी-ट्वान्टीको अलराउन्डरतर्फ दिपेन्द्र ३ स्थान माथि उक्लिएका छन् । उनी नवौँ स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन् ।


अलराउन्डरतर्फ नै कुशल मल्ल एक स्थान तल ३६ औँ स्थानमा झरेका छन् ।

यता टी-ट्वान्टीको ब्याटिङतर्फ दिपेन्द्र भने पाँच स्थानमाथि ४६ औँ स्थानमा उक्लिएका छन् । कप्तान रोहित पौडेल भने ६ स्थान तल ६१ औँ स्थानमा झर्दा आशिफ शेख २० स्थान माथि ६९ औँ स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ भने सोमपाल कामी ८ स्थान माथि उक्लदै ९१ औँ स्थानमा पुगेका छन् भने दिपेन्द्र २७ स्थान माथि ९६ औँ स्थानमा उक्लिएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको समूह चरणको समाप्तिसँगै वरीयता अपटेड गरिएको हो । 


Author

थप समाचार
x