क्रिकेट

टी-२० विश्वकप : अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

इकागज |
असार ६, २०८१ बिहीबार ७:५६ बजे

काठमाडौँ- दक्षिण अफ्रिकाले सुपर आठ अन्तर्गतको खेलमा अमेरिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । अमेरिकाका लागि आन्द्रिज गोउसले सर्वाधिक ८० रन बनाएका थिए भने हर्मीत सिंहले ३८ रन बनाए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए ।


यस अघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १९४ रन बनाएको थियो । जसमा क्वेंटन डिककले सर्वाधिक ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले ४६, हेनरिक क्लासेनले ३६ तथा ट्रीस्टान स्टब्सले २० रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठको समुह १ मा २ अंक हासिल गरेको छ । अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २१ मा इङ्‌ल्याण्डविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन २२ मा वेस्ट इन्डिजसँग खेल्ने छ ।


Author

थप समाचार
x