क्रिकेट

टी-२० विश्वकप : वेस्ट इन्डिजमाथि इङ्‌ल्याण्ड ८ विकेटले विजयी

इकागज |
असार ६, २०८१ बिहीबार १०:३१ बजे

काठमाडौँ- इङ्‌ल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा इङ्‌ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछ्‌याएको इङ्‌ल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


इङ्‌ल्याण्डका लागि फिल साल्टले सर्वाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्वाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि इङ्‌ल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । अब इङ्‌ल्याण्डले अर्को खेल शुक्रबार राति दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।


Author

थप समाचार
x