क्रिकेट

टी-२० विश्वकप : अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

इकागज |
असार ७, २०८१ शुक्रबार ७:२६ बजे

काठमाडौँ- भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो ।

गएराति भएको खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन बनाएपछि भारत ४७ रनले विजयी भएको हो ।


अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए ।

त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागिसूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए ।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ । त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।


Author

थप समाचार
x