क्रिकेट

टी-२० विश्वकपः बंगलादेशविरुद्ध अस्ट्रेलियाको जित

इकागज |
असार ७, २०८१ शुक्रबार १०:३३ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत अस्ट्रेलियाले बंगलादेशमाथि जित दर्ता गरेको छ ।

'सुपर ८' अन्तर्गतको समूह '१' मा आज बिहान भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको हो ।


बर्षाका कारण खेल प्रभावित बनेपछि अस्ट्रेलियाले डिएल मेथडअनुसार बंगलादेशमाथि जित हात पारेको हो ।

जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११ ओभर २ बलमा २ विकेट गुमाएर १ सय रन बनाएपछि वर्षाका कारण खेल रोकिएको थियो । तर डिएल मेथडअनुसार ११.२ ओभरमा अस्ट्रेलियाले ७३ रनको लक्ष्य पाएको थियो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५३ रन तथा ट्राभिस हेडले ३१ रन बनाए । बंगलादेशका रिशाद होसेनले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो । बंगलादेशका लागि कप्तान नजमुल होसेन सान्तोले ४१ रन तथा टाउहिद हृदोयले ४० रन जोडे ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक ३  तथा एडम जाम्पाले २ विकेट हात पारे ।


Author

थप समाचार
x