क्रिकेट

टी-२० विश्वकपः दक्षिण अफ्रिकासामू साविक विजेता इंग्ल्यान्डलाई पराजित गर्ने अवसर

इकागज |
असार ७, २०८१ शुक्रबार १५:२४ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डको सामना गर्दैछ ।

सुपर ८ को समूह '२' मा रहेको दक्षिण अफ्रिका र दुई पटकको विजेता इंग्ल्यान्डबीचको खेल नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


समूह '२' अन्तर्गत इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेलमा जित हात पारिसकेका छन् र आज रातिको खेलमा जित हात पार्ने टोलीले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउनेछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको थियो । इंग्ल्यान्डले भने वेस्ट इन्डिजलाई ८ विकेटले पाखा लगाएको थियो ।


Author

थप समाचार
x