क्रिकेट

टी-२० विश्वकपः दुई सह-आयोजक अमेरिका र वेस्ट इन्डिजबीचको खेल भोलि बिहान

इकागज |
असार ७, २०८१ शुक्रबार १६:२७ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत दुई सह-आयोजक अमेरिका र वेस्ट इन्डिजबीचको खेल भोलि बिहान हुँदैछ ।

सुपर ८ को समूह '२' मा रहेका अमेरिका र वेस्ट इन्डिजबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ६:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


भोलिको खेलमा जित हात पार्ने टोलीले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्ने छ, किनभने दुवै टोलीले आ-आफ्नो पहिलो खेलमा पराजय भोगेका थिए ।

पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकासँग १८ रनको पराजय भोगेको थियो भने वेस्ट इन्डिजले इंग्ल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो ।


Author

थप समाचार
x