क्रिकेट

टी-२० विश्वकप : सुपर आठका आज दुई खेल

इकागज |
असार ८, २०८१ शनिबार ६:३६ बजे

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदैछ ।

आज सुपर आठको समुह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच भइरहेको छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदखि खेल भइरहेको छ ।


सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने भएका हुन् । 

त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुँदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ । भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशल यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ ।

बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ ।


Author

थप समाचार
x