क्रिकेट

टी-२० विश्वकपः बंगलादेशले भारतलाई पराजित गर्ला ?

इकागज |
असार ८, २०८१ शनिबार १४:४८ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति बंगलादेशले भारतको सामना गर्दैछ ।

सुपर ८ अन्तर्गत समूह '१' मा रहेका भारत र बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


सुपर ८ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको भारतले बंगलादेशमाथि जित हात पारे सेमिफाइनल नजिक पुग्नेछ ।

यता पहिलो खेलमा अस्ट्रेलियासँग २८ रनको पराजय भोगेको बंगलादेशले भने सेमिफाइनलको सम्भावना कायम राख्न भारतलाई पराजित गर्नुपर्नेछ ।


Author

थप समाचार
x