क्रिकेट

टी-२० विश्वकपः अफगानिस्तानसामू अस्ट्रेलियालाई पराजित गर्ने अवसर

इकागज |
असार ८, २०८१ शनिबार १५:२४ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत भोलि बिहान अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्दैछ ।

सुपर ८ अन्तर्गत समूह '१' मा रहेका अफगानिस्तान र अस्ट्रेलियाबीचको खेल भोलि बिहान नेपाली समयअनुसार ६:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


सुपर ८ अन्तर्गत पहिलो खेलमा भारतसँग ४७ रनको पराजय भोगेको अफगानिस्तानले सेमिफाइनलको सम्भावना कायम राख्न भोलि अस्ट्रेलियालाई पराजित गर्नुपर्नेछ ।

अर्कोतर्फ पहिलो खेलमा बंगलादेशलाई २८ रनले पराजित गरेको अस्ट्रेलियाले सेमिफाइनलनजिक पुग्न अफगानिस्तानमाथि जित हात पार्नुपर्ने हुन्छ ।


Author

थप समाचार
x