क्रिकेट

टी–२० विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दियो

इकागज |
असार ९, २०८१ आइतबार ९:३२ बजे

काठमाडौँ - टी–२० विश्वकपको सुपर ८ को आठौं खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाका कप्तान मिचेल मार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ४९ बलमा सर्वाधिक ६० रन बनाए ।


अष्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले आज फेरी ह्याट्रिक विकेट लिए । यो उनको टी–२० विश्वकपमा दोस्रो ह्याट्रिक हो ।

उनले चार ओभरमा २८ रन दिएर ३ विकेट लिए । ओपनर गुरबाज र इब्राहिम जद्रानले ११८ रनको उत्कृष्ट साझेदारी गरे ।

टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्धको यो तेस्रो ठूलो साझेदारी हो ।


Author

थप समाचार
x