क्रिकेट

सेमिफाइनल प्रवेशका लागि वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै

इकागज |
असार ९, २०८१ आइतबार १५:१० बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत भोलि बिहान वेस्ट इन्डिजले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

सुपर ८ अन्तर्गतको समूह '२' मा रहेका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान ६:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यस समूहबाट सेमिफाइनलमा प्रवेश गर्न दुवै टिमलाई जितको आवश्यकता रहेको छ । अहिलेको अवस्थामा दक्षिण अफ्रिकाले अघिल्ला दुवै खेल जितेर ४ अंक जोडेको छ भने वेस्ट इन्डिजले दुईमध्ये एक खेलमा जित हात पारेर केवल २ अंक हात पारेको छ ।

अर्कोतर्फ २ खेल खेलेको इंग्ल्यान्डको पनि २ अंक छ र इंग्ल्यान्डले आज राति अमेरिकाको सामना गर्दैछ ।


Author

थप समाचार
x