क्रिकेट

जितसँगै इङ्‌ल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

इकागज |
असार १०, २०८१ सोमबार ६:३४ बजे

काठमाडौँ- इङ्‌ल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङ्‌ल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।


अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

इङ्‌ल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा इङ्‌ल्याण्डका बलर क्रिस जोर्डनले १९औं ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

यो जितपछि इङ्‌ल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तीनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यस्तै यस समुहबाट अब सोमबार बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ ।


Author

थप समाचार
x