क्रिकेट

टी-२० विश्वकप : सुपर आठमा आज दुई खेल

इकागज |
असार १०, २०८१ सोमबार ७:१६ बजे

काठमाडौँ- जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुँदैछन् । आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच भइरहेको छ । एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि भइरहेको छ ।

सुपर आठमा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै वेस्ट इन्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने ईङल्याण्डसँग पराजित भएको थियो । 


त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि हुने छ ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।


Author

थप समाचार
x