क्रिकेट

टी-२० विश्वकपः बंगलादेशले भोलि अफगानिस्तानविरुद्ध खेल्दै

इकागज |
असार १०, २०८१ सोमबार १६:४ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत भोलि बिहान बंगलादेशले अफगानिस्तानविरुद्ध खेल्दैछ ।

सुपर ८ मा समूह '१' अन्तर्गत बंगलादेश र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ६:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


भोलि बिहान हुने बंगलादेश र अफगानिस्तानबीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउने छ ।

यस समूहमा भारतले २ खेल जित्दा अस्ट्रेलिया र अफगानिस्तानले समान १-१ खेलमा जित हात पारेका छन् । बंगलादेशले भने दुवै खेलमा पराजय भोगेको छ ।


Author

थप समाचार
x