क्रिकेट

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

इकागज |
असार ११, २०८१ मंगलबार १०:५९ बजे

काठमाडौँ- अफगानिस्तान आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को समूह '१' अन्तर्गत आज बिहान भएको खेलमा बंगलादेशलाई डिएल मेथडअनुसार ८ रनले पराजित गर्दै अफगानिस्तानले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।


अफगानिस्तानले २ खेल जित्दै उपविजेता बन्दा भारत भने ३ खेल जितेर समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गर्‍यो । यता अस्ट्रेलिया र बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

वर्षाका कारण प्रभावित आजको खेलमा बंगलादेशले डिएल मेथडअनुसार १९ ओभरमा १ सय १५ रनको लक्ष्य पाएको थियो । तर उसले १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५ रनमात्र बनाउन सक्यो ।

बंगलादेशका लागि लिटन दासले सर्वाधिक ५४ रन बनाए । अफगानिस्तानका लागि कप्तान राशिद खानले ४ विकेट तथा नविन-उल-हकले  ४ हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनायो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ४३ रनको योगदान गरे ।

बंगलादेशका लागि रिशद होसेनले सर्वाधिक ३ विकेट हात पारे ।


Author

थप समाचार
x