क्रिकेट

सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिका र भारतले इंग्ल्यान्डको सामना गर्ने

इकागज |
असार ११, २०८१ मंगलबार १२:५६ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने चार टोलीको टुंगो लागेको छ ।

आज बिहान सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई पराजित गरेसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको हो ।


यससँगै समूह '१' बाट भारत र अफगानिस्तान तथा समूह '२' बाट दक्षिण अफ्रिका र इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

सेमिफाइनलमा भने समूह '१' को उपविजेता अफगानिस्तानले समूह '२' को विजेता दक्षिण अफ्रिकाको सामना गर्ने तय भएको छ । अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको खेल बिहीबार हुने तालिका रहेको छ ।

अर्को सेमिफाइनलमा समूह '१' विजेता भारतले समूह '२' को उपविजेता इंग्ल्यान्डको सामना गर्ने भएको छ । भारत र इंग्ल्यान्डबीचको खेल पनि बिहीबार हुने तालिका छ ।


Author

थप समाचार
x