क्रिकेट

अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि वार्नरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास !

इकागज |
असार ११, २०८१ मंगलबार १६:५२ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सुपर ८ बाटै अस्ट्रेलिया बाहिरिएपछि ब्याटर डेभिड वार्नरको १५ वर्षको अन्तर्राष्ट्रिय करियर अन्त्यको संघारमा पुगेको छ ।

मंगलबार बिहान बंगलादेशलाई पराजित गरेर अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको हो ।


भारतविरुद्धको खेलमा पराजय भोगेसँगै अस्ट्रेलियाको अन्तिम चारमा पुग्ने सम्भावना न्यून बनेको थियो । र बंगलादेशमाथि अफगानिस्तानको जितसँगै अस्ट्रेलियाको विश्वकपको यात्रामा पूर्णविराम लागेको छ ।

यससँगै वार्नरको अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा पूर्णविराम लाग्ने पक्काजस्तै बनेको छ ।

खासमा वार्नरले गत नोभेम्बरमा एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जितेसँगै वार्नरको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पनि अन्त्य भएको थियो ।

उनले आफ्नो अन्तिम टेस्ट खेल गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेको थियो । त्यसलगतै वार्नरले टी-ट्वान्टी विश्वकप आफ्ना लागि अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने संकेत गरेका थिए ।


Author

थप समाचार
x