क्रिकेट

टी-२० विश्वकपः दक्षिण अफ्रिकाले भोलि अफगानिस्तानको सामना गर्दै

इकागज |
असार १२, २०८१ बुधबार १५:४१ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा भोलि दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दैछ ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ६:१५ बजेबाट सुरु हुने तय भएको छ ।


दक्षिण अफ्रिका सुपर ८ को समूह '२' विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने अफगानिस्तान समूह '१' को उपविजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।

अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले अहिलेसम्म फाइनलको यात्रा तय गर्न सकेको छैन ।

भोलिको खेलमा जित हात पार्ने टोली पहिलोपटक विश्वकपको फाइनलको यात्रा तय गर्नेछ ।


Author

थप समाचार
x