क्रिकेट

साविक विजेता इंग्ल्यान्डविरुद्ध बदला लिने दाउमा भारत

इकागज |
असार १२, २०८१ बुधबार १६:३४ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको दोस्रो सेमिफाइनल खेल भोलि राति भारत र इंग्ल्यान्डबीच हुने भएको छ ।

भारत र इंग्ल्यान्डबीचको खेल नेपाली समयअनुसार भोलि राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


भोलिको खेलमा इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेलमा मैदानमा उत्रदा भारतको एउटा उदेश्य भनेको सन् २०२२ को टी-ट्वान्टी विश्वकपमा भोगेको पराजयको बदला लिने उदेश्य हुनेछ ।

सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । त्यसपछि इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

तर अहिले भारत उच्च लयमा देखिएको छ भने इंग्ल्यान्डले सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन ।

सुपर ८ मै इंग्ल्यान्डले ३ मध्ये २ खेलमा जित हात पारेर सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारतले ३ वटै खेल जितेको थियो ।


Author

थप समाचार
x