क्रिकेट

अफगानिस्तानलाई हराउँदै टी- २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका

इकागज |
असार १३, २०८१ बिहीबार ८:३२ बजे

काठमाडौँ- जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ । बिहीबार बिहान भएको खेलमा अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले सहजै पूरा गर्न सक्यो । योसँगै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । उक्त लक्ष्यलाई पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।


त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।


Author

थप समाचार
x