क्रिकेट

भारत टी-२० विश्वकपको फाइनलमा

इकागज |
असार १४, २०८१ शुक्रबार ६:३५ बजे

काठमाडौँ- भारत आईसीसी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलमा इङ्‌ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको थियो ।


यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८:१५ बजेदेखि हुने भएको छ ।


Author

थप समाचार
x