क्रिकेट

श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक सिल्भरउडले दिए पदबाट राजीनामा

इकागज |
असार १४, २०८१ शुक्रबार १२:१४ बजे

काठमाडौँ- श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले पदबाट राजीनामा दिएका छन् ।

इंग्ल्यान्ड क्रिकेट टिमका पूर्व प्रशिक्षक सिल्भरउडले दुई वर्षमै श्रीलंकाको मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिएका बीबीसीले जनाएको हो ।


सिल्भरउड सन् २०२२ को अप्रिलमा अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपसम्मका लागि श्रीलंकाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।  

तर विश्वकपमा श्रीलंकाले समूह चरणमा खेलेका चार खेलमध्ये केवल एक खेलमा मात्र जित हात पारेको थियो ।

विश्वकपको समूह चरणमा श्रीलंकाले दक्षिण अफ्रिका र बंगलादेशसँग पराजय भोग्दा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । वर्षाका कारण खेल प्रभावित बनेपछि श्रीलंकाले नेपालसँग भने अंक बाँडेको थियो ।  


Author

थप समाचार
x