क्रिकेट

टी-२० विश्वकपः भारत र दक्षिण अफ्रिकाबीचको फाइनल भोलि

इकागज |
असार १४, २०८१ शुक्रबार १५:३८ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको फाइनल भोलि हुने भएको छ । फाइनल भारत र दक्षिण अफ्रिकाबीच हुँदैछ ।

भारत र दक्षिण अफ्रिकाबीचको उपाधि भिड्न्त वेस्ट इन्डिजको ब्रिजटाउनमा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

भारतले तेस्रोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिका पहिलोपटक उपाधिका लागि भिड्दैछ ।

भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको उपाधि जितेको थियो भने २०१४ मा उपविजेता बनेको थियो ।


Author

थप समाचार
x