क्रिकेट

भारतले जित्यो टी- २० विश्वकपको उपाधि

इकागज |
असार १६, २०८१ आइतबार ५:२५ बजे

काठमाडौँ - भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।


यस अघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।

त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिका भने उपविजेता बनेको छ ।
      


Author

थप समाचार
x