क्रिकेट

रवीन्द्र जडेजाद्वारा टि-२० बाट सन्यास घोषणा

इकागज |
असार १६, २०८१ आइतबार २१:४६ बजे

काठमाडौँ- भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । 

जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टि–२० मा डेब्यू गरेका थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल भए ।


जडेजाले सन् २०२१ को आइसिसी टि–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिएका थिए । अर्कोतर्फ, ब्याटका साथ उनको उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो । उक्त खेलमा उनले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गरेका थिए ।​

अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आइसिसी टि–२० विश्वकपको उपाधि जितेको छ ।

यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आइिसीसी उपाधि जित्दै ११ वर्ष लामो आइसिसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ । 

प्रतियोगिताको अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एक समय ३४/३ को अवस्थामा विराट (७६) र अक्षर पटेल (३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन) बीचको प्रतिआक्रमणकारी साझेदारीले खेलमा भारतको स्थिति पुनःस्थापित गरेको थियो । 

विराट र शिवम दुबे (१६ बलमा तीन चौका र एक छक्कासहित २७ रन) बीचको ५७ रनको साझेदारीले भारतले २० ओभरमा १७६/७ मा पुर्याएको थियो । एजेन्सी


Author

थप समाचार
x