क्रिकेट

टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोडको पुरस्कार दिने घोषणा

इकागज |
असार १७, २०८१ सोमबार ५:४२ बजे

काठमाडौँ - बीसीसीआईले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।


उनले लेखेका छन्, ‘आईसीसी टी–२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु ।

'भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।'

बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो । भारतीय टोलीले लगभग १७ वर्षपछि यो उपाधि जितेको हो ।

टी–२० विश्वकप जितेकोमा भारतीय टोलीलाई आईसीसीले करिब २० करोड रुपैयाँ पुरस्कार दिएको छ ।


Author

थप समाचार
x