मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम

काठमाडौँ- आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ । भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको छ ।
एट्लान्टिक क्षेत्रमा २१० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बेरिल आँधीका कारण विमानस्थल बन्द गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सेक्रेटरी जय शाहसहित भारतीय टिम बारबाडोसमा फसेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय टिम ब्रिजटाउनबाट न्युयोर्क र दुबई हुँदै भारत पुग्ने तालिका रहेको थियो । मौसम खराब भएर विमानस्थल नै बन्द भएपछि अब भारतीय टिमलाई मौसममा सुधार हुना साथ सिधै दिल्लीसम्म चार्टर्ड उडान गर्ने योजना बोर्डले बनाएको बताइएको छ ।
अहिले बारबाडोसमा खेलाडीसहित सहयोगी कर्मचारी, परिवार र बोर्डका अधिकारीसहित करिब ७० जना सदस्य रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया