क्रिकेट

टी-२० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल

इकागज |
असार १८, २०८१ मंगलबार ७:४२ बजे

काठमाडौँ- आईसीसीले टी-२० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा गरेको छ ।

आईसीसीको 'टिम अफ द टुर्नामेन्ट'मा विश्वकप विजेता देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहित शर्मासहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।


त्यस्तै विश्वकपको 'टिम अफ द टुर्नामेन्ट'मा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् ।

त्यस्तै यस टिमको १२औँ खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरिक नोकिया रहेका छन् ।


Author

थप समाचार
x