क्रिकेट

टी-२० अलराउण्डरको वरियतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

इकागज |
असार १९, २०८१ बुधबार १५:४५ बजे

काठमाडौँ - भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० अलराउन्डरको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा हार्दिक पाण्डेय अलराउण्डरको वरीयतामा शीर्ष स्थानमा उक्लिएका हुन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका छन् ।


त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा छन भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौं स्थानमा पुगेका छन् । त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौं स्थानमा नै कायम रहेका छन् ।
     


Author

थप समाचार
x