क्रिकेट

बुमराह बने आइसीसी प्लेयर अफ द मन्थ

इकागज |
असार २५, २०८१ मंगलबार १५:२७ बजे

काठमाडौँ- भारतका तीव्र गतिका बलर जसप्रित बुमराह जुन महिनाको आइसीसी प्लेयर अफ द मन्थ बनेका छन् ।

हालै सम्पन्न टी-२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित शर्मा र अफगानिस्तानका ओपनर रह्मनुल्लाह गुरबाजलाई पछि पार्दै जुन महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् ।


उनले विश्वकपमा ४.१७ को औसतले १५ विकेट लिएका थिए । उनी टी-२० विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट समेत बनेका थिए ।


Author

थप समाचार
x