क्रिकेट

जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित

इकागज |
असार २६, २०८१ बुधबार २०:४४ बजे

काठमाडौं - भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिम्बाबेमा २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनाएको थियो ।


जिम्बाबेका लागि डिओन मेयर्सले सर्वाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्वाधिक ३ विकेट लिए भने अभेश खानले २ तथा खलील अहमदले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।

यो जितसँगै भारत ५ खेलको सिरिजमा २-१ ले अगाडि भएको छ । यस अघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बावे विजयी भएको थियो । अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ ।
      


Author

थप समाचार
x