क्रिकेट

महिला एसिया कप : पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

इकागज |
साउन ५, २०८१ शनिबार ७:१६ बजे

काठमाडौँ- जारी महिला एसिया कपमा भारतले विजयी शुरुवात गरेको छ ।

समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।


यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो ।

यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।


Author

थप समाचार
x