क्रिकेट

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो

इकागज |
साउन ५, २०८१ शनिबार १४:३२ बजे

काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी-२० खेल्नबाट रोकेको छ ।

तीन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरूलाई पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको हो ।


बोर्डले आगामी आठ महिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी-२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउँदो वर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरूको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको बताएको छ ।

यसअघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यस्तै बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी-२० खेल्न अनुमति दिएको छ ।
      


Author

थप समाचार
x