क्रिकेट

महिला एसिया कप

नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

इकागज |
साउन ६, २०८१ आइतबार २१:० बजे

काठमाडौँ- जारी महिला एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको हो ।


नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।

त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।


Author

थप समाचार
x