Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित

इकागज |
साउन ७, २०८१ सोमबार ६:१७ बजे

फाइल फाेटाे

काठमाडौँ  - एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो । 

जितको लागि नेपालले दिएको एक सय नौ रनको  लक्ष्य पछाएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 


पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले  १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने  फातिमा सानाले एक एक विकेट लिइन । 

यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अंक जोडेका छन् । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते  भारतसँग खेल्नेछ ।
 


Author

थप समाचार
x