क्रिकेट

२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देशको सहभागिता

इकागज |
साउन ७, २०८१ सोमबार १९:४२ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकपमा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी-२० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।

अहिले महिला टी-२० विश्वकपमा १२ देशले भाग लिँदै आएका छन् । यसअघि २००९ मा पहिलो महिला टी-२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङ्ल्याण्डमा हुने महिला टी-२० विश्वकपमा १२ देशले भाग लिने छन् ।


त्यस्तै आइसीसीले २०२६ को टी- २० विश्वकप छनौटको कट- अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।


Author

थप समाचार
x