Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

महिला एशिया कप : भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल

इकागज |
साउन ८, २०८१ मंगलबार १९:५४ बजे

काठमाडौँ- जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ । यस खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।


भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ ।

भारतविरुद्धको नेपाली प्लेइङ ११: 

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, सबनम राई र  काजल श्रेष्ठ ।


Author

थप समाचार
x