महिला एशिया कप : भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य
काठमाडौँ- भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । जारी महिला एशिया कप अन्तर्गत समूह ए को अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो ।
भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया