Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

महिला क्रिकेट टोली स्वदेश फिर्ता

एसिया कप जस्तो ठूलो खेल खेल्न पाउँदा निकै उत्साहित छौं : कप्तान बर्मा [भिडियो]

इकागज |
साउन १०, २०८१ बिहीबार १४:३२ बजे

काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले तीन खेल खेलेको थियो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो ।


नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्माले एसिया कप जस्तो ठूलो खेल खेल्न पाउँदा निकै उत्साहित भएको बताइन् । उनले खेलमा सक्दो प्रयास गरे पनि सोचेजस्तो नतिजा हासिल गर्न नसकिएको जिकिर गरिन् । बर्माले फिटनेश, बलिङ र ब्याटिङमा निकै सुधार गर्नुपर्ने देखिएको उल्लेख गरिन् ।

नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो । 

भिडियो:


Author

थप समाचार
x