क्रिकेट

भारत महिला एसिया कपको फाइनलमा

इकागज |
साउन ११, २०८१ शुक्रबार १६:४९ बजे

काठमाडौँ- भारत जारी महिला एसिया कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।


बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ । दोस्रो सेमिफाइनल खेल आजै हुँदै छ ।
 


Author

थप समाचार
x