क्रिकेट

पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एसिया कपको फाइनलमा

इकागज |
साउन १२, २०८१ शनिबार ७:१४ बजे

काठमाडौँ- श्रीलंका जारी महिला एसिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि पाकिस्तानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्नेछ । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार हुने छ ।

यो हारसँगै पाकिस्तानको एसिया कप यात्रा टुंगिएको छ ।


Author

थप समाचार
x