क्रिकेट

भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि

इकागज |
साउन १३, २०८१ आइतबार १८:३३ बजे

काठमाडौँ- श्रीलंकाले महिला एसिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । 

श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एसिया कपको उपाधि जितेको हो । 


भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । 

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्वाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । 


Author

थप समाचार
x