क्रिकेट

रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

इकागज |
साउन १६, २०८१ बुधबार ७:१६ बजे

काठमाडौँ- भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।


यस अघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । 

सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो ।

योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो ।

श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ ।


Author

थप समाचार
x